२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बर्दियामा हात्तीको आक्रमणमा परेर एक ४० वर्षीय पुरूषको मृत्य

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

ABC (क्राईमबिट)
बर्दिया । हात्तीको आक्रमणबाट राजापुर नगरपालिका–१० झम्टीका ४० वर्षीय बेतन दहितको मृत्यु भएको छ। डिभिजन वन कार्यालय बर्दियाका साहायक वन अधिकृत दोण शर्माका अनुसार शनिबार राति क्रसर उद्योगबाट काम गरेर घर फर्किने क्रममा बेतनलाई हात्तीले आक्रमण गरेको हो।

नेपाल भारतको सीमामा ओहोरदोहोर गरिरहने हात्तीले आक्रमण गरेको साहायक वन अधिकृत शर्माको भनाइ छ। अहिले घटनास्थलमा डिभिजन वनको टोली पुगेर अनुसन्धान गरिरहेको उनले बताए।

यसअघि गत असार २ मा जंगली हात्तीको आक्रमणबाट बर्दियाको बाँसगढीका ७८ वर्षीय वृद्धको मृत्यु भएको थियो। सामुदायिक वनमा च्याउ खोज्न जंगल गएका उनलाई हात्तीले आक्रमण गरेको थियो।

पछिल्लो समय बर्दियामा पाटे बाघसँगै जंगली हात्तीले आक्रमण गरी स्थानीयको ज्यान लिइरहेको छ। निकुञ्ज प्रशासन र डिभिजन वनले भने जंगली जनावरले आक्रमण गर्ने भएकाले मध्यवर्ती क्षेत्रका स्थानीयलाई जंगलभित्र एक्लै नजान पटकपटक आग्रह गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]