१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

मन्त्री नबनाएको विरोधमा जसपाका युवाहरुद्वारा काठमाडौँमा उपेन्द्र यादवको पुत्ला दहन

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

 

काठमाडौं । जनता समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादवलाई पर्सा जिल्ला प्रवेशमा रोक लगाएको भोलिपल्टै उनकै कार्यकर्ताले काठमाडौं स्थित जसपाको केन्द्रिय कार्यालय अगाडि उनको पुतला दहन गरेका छन् ।

शेरबहादुर देउवा सरकारमा मन्त्रीहरुलाई उपेन्द्र यादवले एकलौटि निर्णयले पठाएको र पार्टिको निति नियम नमानेको भन्दै पर्सा (बिरगञ्ज) का जसपा कार्यकर्ताहरुले यादवको पुतला जनाएका हुन् ।

पर्सा जिल्लाको सांसद, बिधायक मेयर जिताउनेलाई पाखा लगाई क्षेत्रिय र जातिय सन्तुलन मिलाएर मन्त्री बनाउने पार्टिको निर्णय बिपरित उपेन्द्र यादवले ब्यक्तिगत स्वाथ्र्यका कारण आफ्ना पकेटका मान्छेलाई मन्त्री बनाएको उनिमाथी आरोप छ ।

उनको एकल निर्णयकै कारण मधेशैभरी उनि बिरुद्ध जनमाहौल पैदा भएस्वरुप आज बालकुमारीमा उनकै पार्टिका नेताकार्यकताहरुले कार्यालय घेराउ गर्दै पुतला जनाएका हुन ।
नाका अवरोध देखि लिएर मधेश बिद्रोह गर्नेबेला र शहिद हुनेबेलसम्म पर्सा जिल्लालाई प्रयोग गरेको र अवसर दिनेबेला बेईमानी गरेको भन्दै उनको पुतला जलाईएको जसपा पर्साका एक युवा नेताले बताए ।

पार्टिलाई एकलौटि सम्पत्ति ठानेका अध्यक्ष उपेन्द्रले तत्काल त्रुटि नसच्याए पर्सादेखि काठमाडौंसम्म उनको प्रवेश निषेध गर्ने समेत प्रदर्शनकारीहरुले बताए ।

जसपा पर्साका सांसद तथा त्यस क्षेत्रका शक्तिशाली मानिने नेता प्रदिप यादवलाई मन्त्री नबानाईएपछि उनका कार्यकर्ताहरु आरन्दोलित भएका हन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]