१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

मन्त्री नबनाएको विरोधमा जसपाका युवाहरुद्वारा काठमाडौँमा उपेन्द्र यादवको पुत्ला दहन

Logo
प्रकाशित सोमबार, आश्विन २५, २०७८

 

काठमाडौं । जनता समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादवलाई पर्सा जिल्ला प्रवेशमा रोक लगाएको भोलिपल्टै उनकै कार्यकर्ताले काठमाडौं स्थित जसपाको केन्द्रिय कार्यालय अगाडि उनको पुतला दहन गरेका छन् ।

शेरबहादुर देउवा सरकारमा मन्त्रीहरुलाई उपेन्द्र यादवले एकलौटि निर्णयले पठाएको र पार्टिको निति नियम नमानेको भन्दै पर्सा (बिरगञ्ज) का जसपा कार्यकर्ताहरुले यादवको पुतला जनाएका हुन् ।

पर्सा जिल्लाको सांसद, बिधायक मेयर जिताउनेलाई पाखा लगाई क्षेत्रिय र जातिय सन्तुलन मिलाएर मन्त्री बनाउने पार्टिको निर्णय बिपरित उपेन्द्र यादवले ब्यक्तिगत स्वाथ्र्यका कारण आफ्ना पकेटका मान्छेलाई मन्त्री बनाएको उनिमाथी आरोप छ ।

उनको एकल निर्णयकै कारण मधेशैभरी उनि बिरुद्ध जनमाहौल पैदा भएस्वरुप आज बालकुमारीमा उनकै पार्टिका नेताकार्यकताहरुले कार्यालय घेराउ गर्दै पुतला जनाएका हुन ।
नाका अवरोध देखि लिएर मधेश बिद्रोह गर्नेबेला र शहिद हुनेबेलसम्म पर्सा जिल्लालाई प्रयोग गरेको र अवसर दिनेबेला बेईमानी गरेको भन्दै उनको पुतला जलाईएको जसपा पर्साका एक युवा नेताले बताए ।

पार्टिलाई एकलौटि सम्पत्ति ठानेका अध्यक्ष उपेन्द्रले तत्काल त्रुटि नसच्याए पर्सादेखि काठमाडौंसम्म उनको प्रवेश निषेध गर्ने समेत प्रदर्शनकारीहरुले बताए ।

जसपा पर्साका सांसद तथा त्यस क्षेत्रका शक्तिशाली मानिने नेता प्रदिप यादवलाई मन्त्री नबानाईएपछि उनका कार्यकर्ताहरु आरन्दोलित भएका हन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!