(ABC-Sanchar)
बर्दिया । पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।
पाटे बाघले बेपत्ता बनाएको ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको हो ।
हिजो सोमबार दिउँसो गेरुवा गाउँपालिका-४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थियो ।