१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

चाडपर्वमा सिमामा उच्च सुरक्षा सतर्कता अपनाउन सिडियो र एसपीको निर्देशन

Logo
प्रकाशित बुधबार, आश्विन २७, २०७८

(सागर थापा)
दाङ । भारतसँग जोडिएका सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताए ।

भारतसंग जोडिएका सीमाक्षेत्रका सुरक्षा प्रमुखलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिइएको बताए । महान चाड दसैँ, तिहार तथा छठ पर्बलाई लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको बताए ।

चाडपर्वको बेला भिडभाड हुने स्थल, आर्थिक कारोबार हुने बैँक, वित्तीय संस्था जस्ता ठाउँमा प्रहरीले विशेष निगरानी राखेको छ । साथै धार्मिकस्थल, भिडभाड हुने ठाउँमा पाकेटमार तथा अन्य अपराध हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]