१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सिटिजन बैंक लुटपाटमा संलग्न भारतीयसहित ३ जना पकाउ

Logo
प्रकाशित बुधबार, आश्विन २७, २०७८

(ABC-Sanchar)
मोरङ । धनपालथान गाउँपालिका ४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकमा यही असोज २५ गते अपराह्न ३ः४५ बजे रु २१ लाख ७० हजार लुटपाट घटनामा संलग्न भई पक्राउ परेका तीन जनालाई आज यहाँ प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाका मुख्य योजनाकार नेपाली नागरिक विराटनगर–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया गाराहा–४ का ३० वर्षीय विजय सहनी (गोली लागी घाइते) लाई सार्वजनिक गरिएको छ।

लुटपाटपछि घाइते सहनीलाई को २५ प ३८९९ को मोटरसाइकलको बीचमा राखी भारततर्फ भाग्ने क्रममा मोरङको धनपालथान–२ खयरबना चोकबाट स्थानीयवासीको सहयोगमा प्रहरीले १५ मिनटको अवधिमा तिनीहरूलाई पक्राउ गरेको हो।

यादव भारत फरार भइसकेको अवस्थामा गोली लागी घाइते भएका सहनीलाई लिन टेम्पोमा आएर पुनः मोटरसाइकलमा जाने क्रममा प्रहरीले पकाउ गरेको हो। उक्त लुटपाटमा नौ जना सङ्लग्न रहेकामा सात जना बैंकमा प्रवेश गरेका, एक जना बाहिर बसेको र अन्य एक जना नदेखिने पाराले बसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

लुटपाटमा संलग्न छ जना भारततर्फ फरार रहेको आशंका गरिएको र चाँडै प्रकाउ गरी सार्वजनिक गरिने उनले बताए। उनीहरुले विगत केही दिनदेखि बैंकको अनुगमन गर्नुका साथै भीडभाड नभएको समय हेरी लुटपाट गरेको प्रहरी नायब उपरीक्षक श्याम श्रेष्ठले बताए।

उक्त लुटपाटको प्रतिरोध गर्ने क्रममा बैंकका सुरक्षा गार्ड शीतल कुमाल गोली लागी घाइते भएका र निजको विराटनगरको एक निजी अस्पतालमा उपचार भइरहेको छ। निजहरुको साथबाट कटुवा पेस्तोल एक थान (एक राउण्ड लोडेड गोलीसहित), सानो मोबाइल एक थान, पेस्तोलको नपड्किएको राउण्ड थान एक र खोका एक बरामद गरिएको छ। बैंकले प्रारम्भिकरूपमा रु २१ लाख ७० हजार लुटपाट भएको जनाए पनि लिखितरूपमा अहिलेसम्म विवरण नपठाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

होजियारी उद्योग सञ्चालन गरेका मुख्य योजनाकारका रूपमा रहेका मुखियाले चाँडै पैसा कमाउने उद्देश्य राखेका थिए भने सहनी र यादव भारतका पेशेवर अपराधी हुन्। उनीहरु उपर हातहतियार खरखजना, डकैती, सङ्गठित अपराध तथा ज्यान मार्ने उद्योग गरी चारवटा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!