२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पर्सागढी नगरपालिकाका मेयर उपमेयरको लागि एक लाखको र ५२ हजारको मोबाईल खरिद

Logo
प्रकाशित आइतबार, आश्विन ३१, २०७८

(राहुल गुप्ता)
बिरगंज । पर्सागढी नगरपालिकाका नगर प्रमुखले सरकारी सम्पतिबाट करिब एक लाखको मोबाईल खरिद गरेका छन ।आर्थिक बर्ष २०७६÷७७ मा नगरपालिकाका नगर प्रमुख लोक नारायण यादवले सरकारी सम्पतिबाट आफना लागि ९९ हजार ९ सय रुपैया बराबरको वन प्लस सेभेन प्रो मोबाईल खरिद गरेको महालेखा परिक्षकको बार्षिक प्रतिबेदन २०७८ मा जनाइएको छ ।यसैगरि सोही बर्षमा उप प्रमुख अर्चना चौधरीको लागि ५२ हजारको एमआई १० लाईट र प्रमुख प्रशासकीय अधिकृतको लागि समसँग कम्पनीको २१ हजार बराबरको मोबाईल सरकारी सम्पति बाट खरिद गरिएको महालेखाले जनाएको छ ।सरकारी सम्पतिबाट जनप्रतिनिधी तथा कर्मचारीहरुको लागि मोबाईल खरिद गरिएपछि यस्ता खर्चहरुलाई नियन्त्रण गर्न पनि नगरपालिकालाई महालेखाले सुझाव दिएको छ ।सार्बजकिन खर्चमा प्रभावकारिता तथा मित्ब्ययिता कायम गर्ने नितिगत मार्गदर्शन २०७५ ले सरकारी खर्चलाई मितब्ययि बनाउने उल्लेख गरेको छ ।साथै उक्त ऐनमा ब्यक्तिगत कामको लागि सरकारी सम्पतिको प्रयोग गर्न नहुने ब्यावस्था रहेको छ ।तर त्यस ऐनको बिपरित पर्सागढी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले मोबाईल खरिद गरेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]