(राहुल गुप्ता)
बिरगंज । पर्सागढी नगरपालिकाका नगर प्रमुखले सरकारी सम्पतिबाट करिब एक लाखको मोबाईल खरिद गरेका छन ।आर्थिक बर्ष २०७६÷७७ मा नगरपालिकाका नगर प्रमुख लोक नारायण यादवले सरकारी सम्पतिबाट आफना लागि ९९ हजार ९ सय रुपैया बराबरको वन प्लस सेभेन प्रो मोबाईल खरिद गरेको महालेखा परिक्षकको बार्षिक प्रतिबेदन २०७८ मा जनाइएको छ ।यसैगरि सोही बर्षमा उप प्रमुख अर्चना चौधरीको लागि ५२ हजारको एमआई १० लाईट र प्रमुख प्रशासकीय अधिकृतको लागि समसँग कम्पनीको २१ हजार बराबरको मोबाईल सरकारी सम्पति बाट खरिद गरिएको महालेखाले जनाएको छ ।सरकारी सम्पतिबाट जनप्रतिनिधी तथा कर्मचारीहरुको लागि मोबाईल खरिद गरिएपछि यस्ता खर्चहरुलाई नियन्त्रण गर्न पनि नगरपालिकालाई महालेखाले सुझाव दिएको छ ।सार्बजकिन खर्चमा प्रभावकारिता तथा मित्ब्ययिता कायम गर्ने नितिगत मार्गदर्शन २०७५ ले सरकारी खर्चलाई मितब्ययि बनाउने उल्लेख गरेको छ ।साथै उक्त ऐनमा ब्यक्तिगत कामको लागि सरकारी सम्पतिको प्रयोग गर्न नहुने ब्यावस्था रहेको छ ।तर त्यस ऐनको बिपरित पर्सागढी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले मोबाईल खरिद गरेका हुन ।