(ABC-Sanchar)
चितवन । नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् । नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएका हुन ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन् ।पानीको बहाव हिजोबाट बढेको र धमिलो पनि भएकोले हालसम्म उद्धारकार्य जारी भएपनि फेला नपरेको विष्टले बताए ।
उनले पुलमाथि टोपी, गञ्जी र २ हजार तीनसय नगद छाडेको तर अन्य परिचय खुल्ने कुनै प्रमाण फेला नपरेको प्रहरी निरीक्षक बिष्टले बताए ।