१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सशस्त्र प्रहरीले राप्ती नदीमा फसेका ४ जनाको १३ घण्टापछि सकुशल उद्दार

Logo
प्रकाशित मंगलबार, कार्तिक ०२, २०७८


(महेन्द्र सिंह)
बाँके । राप्ती नदीको भंगालोमा फसेका ४ जनालाई सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्दार गरेको छ ।

डुडुवा गाउँपालिका ४ का ३० बर्षीय प्रमोद लोनिया, ६५ बर्षीय महोमद नजिर, ५७ बर्षीय सौखद नाउ र ५५ बर्षीय साक्बिर खाँलाई १३ घण्टापछि सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएको सशस्त्र प्रहरी निरीक्षक धन बहादुर बोहराको विपद व्यवस्थापन टोलीले सकुशल उद्दार गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी एसपी अशोक बमले जानकारी दिका छन् ।

डुडुवा गाउँपालिका ५ मा पर्ने खजुरा खोला तरेर सोमबार बिहान ११ बजे जंगली करेली खोज्न गएका ती ४ जना साँझ फर्किने क्रममा बर्षाका कारण राप्ती नदी बढेकाले खजुरा खोला र राप्तीको भंगालोमा फसेका थिए । उनीहरुलाई इलाका प्रहरी कर्यालय बनकट्टी “क” बाट गएको प्रहरी नायब निरीक्षक गोपाल शर्माको प्रहरी टोली र स्थानीयहरुको सक्रियतामा सकुशल उद्दार गरिएको सशस्त्र प्रहरी एसपी बमले बताए ।

सोमबार बिहान ११ बजे करेली खोज्न गएका ती ४ जना स्थानीयहरु नदीको भंगालोमा फसेको सशस्त्र प्रहरीले राती ७ बजे जानकारी पाउनासाथ सशस्त्र प्रहरी निरीक्षक बोहरासहित विपद व्यवस्थापनको ११ जना टोली त्यसतर्फ प्रस्थान गरेको थियो ।

राप्ती नदी बढेर भेल ठूलो भएका कारण रातभरको प्रयास पश्चात् ती ४ जना स्थानीयहरुको आज बिहान ८ बजे मात्र उद्दार सफल भएको सशस्त्र प्रहरीले बताएको छ । उद्दार पश्चात् ४ जनालाई स्थानीय वडा अध्यक्ष सगिर खाँको जिम्मा लगाई घर पठाइएको सशस्त्र प्रहरी एसपी बमले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!