२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा समुह बनाउने बाहानामा झन्डै साढे ६९ लाख ठगेर फरार

Logo
प्रकाशित शनिबार, कार्तिक ०६, २०७८

(ABC-Sanchar)
दाङ । तुलसीपुरका सर्वसाधारणबाट झन्डै साढे ६९ लाख रकम ठगेर सम्पर्क बिहीन भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्रीगाउँमा गत बर्षफारवेष्ट एग्रिकल्चर सोलुशन एण्ड टे«डिङ नामक कम्पनी खोलिएको थियो । जसको प्रबन्धक सुगम देउवा नाम बताउने मानबहादुर देउवा थिए । डोटीका तीनै देउवाले कम्पनीका संयोजक सुरेश घलेको सहयोगमा लाखौं रकम ठगेर सम्पर्क बिहीन बनेका छन् ।

 

‘तुलसीपुरका किसान र सर्वसाधारणबाट लाखौं रकम ठेगेर उनीहरु गत बर्ष माघदेखि सम्पर्क बिहीन रहँदै आएका छन्,’ एक जना पीडित महिलाले भनिन् ‘तुलसीपुरको डुम्रीगाउँस्थित कार्यालय नखुलेको महिनौं भयो ।’
कम्पनीका प्रबन्धक र संयोजक नै सम्पर्क बिहीन बनेपछि पीडितहरु मिलेर स्थानीय प्रहरी प्रशानसनमा दोषीलाई झिकाई कानुीका कारबाही गर्न भन्दै जाहेरी दिएका छन् ।

उनीहरुले कम्पनीको नामबाट समुह बनाएर रकम संकलन गर्नका लागि भन्दै ४२ जना कर्मचारी राखेका थिए । दाङ जिल्लाका पाँचवटा पालिकाहरुलाई आधार बनाएर कम्पनीले काम गर्दै आएको थियो ।

तुलसीपुर र घोराही उपमहानगरपालिकासहित दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाकामा समुह गठन गरिएको थियो । त्यहाँका किसानदेखि सर्बसाधारण सबैलाई सदस्य बनाइएको थियो । ती सबैबाट रकम संकलन गरी झन्डै साढे ६९ लाख रकम लगेर कम्पनीका सञ्चालक गत बर्ष माघदेखि सम्पर्क बिहीन रहेको हुँदा आँफूहरु तनाबमा रहेको एक जना पीडित महिलाले बताइन । ‘मेरो ब्यक्तिगत झन्डै ४५ हजार बढी रकम फस्यो,’ उनले भनिन् ‘ म जस्ता अरु धेरै सर्वसाधारणहरु ठगिएका छन् ।’

कम्पनीले एक हजार तीन सय कृषकबाट प्रति कृषक पाँच सयका दरले संकलन रकम संकलन गरेको थियो । त्यसरी संकलन भएको रकम ६ लाख ६५ हजार, कर्मचारीको बिमा बाफतको रकम नौं लाख पाँच हजार र कर्मचारीको तलव ५३ लाख ७७ हजार आठ सय समेत गरि कुल ६९ लाख ४७ हजार आठ सय रकम ठगेर कम्पनीका सञ्चालक सम्पर्क बिहीन बनेको पीडितले बताएका छन् ।

बिमा बनाइदिने प्रलोभनमा पारेर सर्वसाधारणबाट पैंशा अशुलेको भएपनि कसैको पनि बिमा उनीहरु नबाएर पैंशा आँफै कुम्ल्याएर प्रबन्धक र संयोजक फरार रहेको पीडितले बताएका छन् ।

कम्पनीकै तीन जना ब्यबस्थापकहरु पार्वती केसी, माया बोहोरा र अनिता वलीले स्थानीय प्रशानमा दिएको जाहेरीमा किसान र सर्वसाधारणको लाखौं रकम हिनामिना गर्नेहरुलाई झिकाएर आवश्यक कानुनी कारबाहीको माग गरेका छन् ।
यी तीन जना ब्यबस्थापक मिलेर स्थानीय प्रशासनमा असोज ४ गते जाहेरी दिएका थिए ।

जाहेरीमा लाखौं रकम हिनामिना गरि कम्पनीका प्रबन्धक प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घले २०७७ माघ महिनादेखि सम्पर्क बिहीन रहेको उल्लेख रहेको छ ।

देउवा र उनको समुहले यही कम्पनीको नाममा सुदूरपश्चिमको दार्चुला, कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुरा त्यसैगरि ठगी गरेको पाइएको छ ।

यो समुहले बर्दिया, दाङ, काभ्रे र नुवाकोट जिल्लामा समेत गरि ९ जिल्लाका सर्वसाधारणबाट लाखौं रकम ठगेको भन्ने सूचना प्राप्त भएको प्रहरी प्रशासनले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]