२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा महिलालाई प्रलोभनमा पारेर सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ २ फरार

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८


ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १० का २५ वर्षीय सुयोग योगी, २२ वर्षीय सुनिल पुन मगर, १९ वर्षीय दिनेश परियार दुई जना महिलालाई सामूहिक बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ परेका छन्।

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार सामूहिक बलात्कारमा संलग्न थप दुई जना फरार रहेका छन्। उनीहरूविरूद्ध गत असारमा एक जना महिलाले र असोज ३१ गते अर्की महिलाले सामूहिक बलात्कार गरेको भनेर प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ गरेको एसपी काफ्लेले बताए।

आफूहरूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भनेर किटानी जाहेरी दिने महिला एक जना तुलसीपुरकी र अर्की घोराहीकी रहेको एसपी काफ्लेले जानकारी दिए ।
‘एक जना २५ वर्षीया विवाहित महिला हुनुहुन्छ र अर्की २२ वर्षीया अविवाहित युवती हुनुहुन्छ,’ एसपी काफ्लेले भने, ‘यो समूहले अरूलाई पनि सामूहिक बलात्कार गरेको मौखिक सूचना आएको छ।’

सुरूमा युवती तथा महिलाको समस्या पहिचान गरी सघाउँदै प्रभावमा पार्ने र पछि जंगलमा लगेर सामूहिक बलात्कार गर्ने गरेको पाइएको एसपी काफ्लेले बताए।

‘युवाहरूको यो समूहले सुरूमा महिला तथा युवतीको पहिचान गर्ने, मोटरसाइकलमा लिफ्ट दिने र दुई-चार हजार आर्थिक सहयोग पनि गरेको देखियो,’ एसपी काफ्लेले भने, ‘महिलालाई पुरै प्रभावमा पारेपछि जंगलमा बोलाएर पाँचै जनाले सामूहिक बलात्कार गर्ने गरेको पाइएको छ।’

युवाहरूले सामूहिक बलात्कारको भिडिओ बनाउने, मारिदिने भनेर तर्साउने, त्यसपछि सुनका गरगहनासमेत लुट्ने गरेको पीडित दुबै जनाले दिएको जाहेरीमा उल्लेख रहेको एसपी काफ्लेले बताए।

‘उनीहरूले सामूहिक बलात्कारको भिडिओ देखाउँदै ब्ल्याकमेलिङ गर्दै फेरि-फेरि एकान्तमा आउन धम्की दिने र त्यसो नगरे सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरिदिने भनेर मानसिक तनाव दिने तथा त्यो कुरा कसैलाई भने ज्यान मार्ने धम्की दिने गरेको कुरा खुल्न आएको छ,’ एसपी काफ्लेले भने।

एसपी काफ्लेले आरोपितमध्ये योगीले श्रीमतीसँग डिभोर्स गरेका र अन्य सबै अविवाहित रहेको कुरा खुल्न आएको बताए।

यी युवाहरूको उद्देश्य महिलाका समस्या पहिचान गरी उनीहरूलाई प्रलोभनमा पारेर प्रभावमा पार्ने अनि जंगलमा बोलाएर सामूहिक बलात्कार गरि ब्ल्याकमेलिङ गरी कमाउने गरेको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरू विरूद्ध सामूहिक बलात्कारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]