०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

इप्रका कोहलपुर प्रहरीले ३ लाख ५० हजार नगदसहित ७ जुवाडे पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८


(सागर थापा)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले ७ जना जुवाडेलाई तास खेलिरहेको बेलामा पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले साढे ३ लाख रकम पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–८ मा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका कोहलपुर प्रहरीले राती साढे १२ बजे छापा मारेको थियो । जुवाडेहरु नजिकैको जंगलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र इप्रका कोहलपुरको टोली र केही घुमुवाको सक्रियतामा उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जनाएका छ्न। चाडपर्व भित्रिएसँगै जुवाडेहरु सल्बलाउन थालेका छन् । 

केही दिन अघि पनि प्रहरीले बैजनाथबाट तीन जना जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरुलाई पनि जंगलबाटै पक्राउ गरिएको थियो । घरमा प्रहरीले छापा हान्ने भयले जुवाडेहरुले जंगल क्षेत्रलाई जुवाखाल बनाउन थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाइएको छ । रासस

  (ABC-Sanchar) दाङ । माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु […]

  ABC (क्राईमबिट) सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको […]