०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

सशस्त्र प्रहरीले १ लाख ८५ हजारको अबैध सामान पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुर सीमा नाकाबाट सशस्त्र प्रहरीले अबैध रुपमा नेपाल भित्र्याउदै गरेको बेवारिसे सामान बरामद गरेको छ। प्रहरीको सीमा गस्ती टोलीले भारतबाट अबैध रुपमा नेपाल भित्र्याइएको १ लाख ८५ हजार ७ सय ५१ रुपैयाँ बराबरको सामान बरामद गरको हो ।

बरामद गरिएको सामानहरुमा हार्डवेयर तथा खाद्य, ईलेक्ट्रिक, औषधिहरु, मिठाई, पेन्ट, बिउबिजन लगायत प्रतिबन्धित माछा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेड क्वाटर शैलेश्वरीले जनाएको छ।

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी तथा त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC( क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल र रूपक मैनाली […]

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]