०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

रुपन्देहीमा रोकिएन तस्करी २४ लाखको अवैध सामग्री पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

ABC (क्राईमबिट)
बुटवल। प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट झण्डै २४ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी इकाईले मंगलबार र बुधबार गरी भन्सार छलेर नेपाल ल्याउँदै गरेको २३ लाख ८५ हजार रुपैयाँको अवैध सामान बरामद गरेका हुन्।

इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले भन्सार छलीको २ लाख ५९ हजार ५६० रुपैयाँ बरबरको कपडा लगायतका सामान नियन्त्रणमा लिएर भन्सार चलान गरेको छ।

सिद्धार्थनगर नगरपालिका बाइपास रोडस्थित नेपालमा एक महिनादेखि अवैधरुपमा धनगढीको भित्री स्थान हुँदै प्रवेश गरेको यूपी २१ सिई ४०६४ नम्बरको १५ लाख बराबरको गाडी भारत प्रवेश गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएर कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ।

इलाका प्रहरी कार्यालय मझगाँवा रुपन्देहीबाट खटिएको टोलीले लत्ताकपडा, चिनी लगायत २ लाख १६ हजार रुपैयाँको मालसामान, प्रहरी चौकी दुर्गौलिया र सीमा प्रहरी चौकी कदमहवाको टोलीले लत्ताकपडा, झोला र चिनी गरी २ लाख ३८ हजारको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।

प्रहरी चौकी मैनीहवाबाट खटिएको टोलीले रोहिणी गाउँपालिका-२ भगवानपुर चोकमा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको एक लाख ८० हजारको ६० पिस स्वीमिङ प्याड बरामद गरी भन्सार कार्यालय चलान गरेको छ।

इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको टोलीले तिलोत्तमा-१५ पत्थरडाँडाबाट भारतबाट भन्सार छलेर ल्याइएको २५२ पिस लेडिज ब्रा, चकलेट, कुर्ता सुरुवाल, पनिर मसला लगायत ७५ हजारको सामान नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भारतीय नम्बरका दुईवटा मोटरसाइकलमा ल्याउँदै गरेको १ लाख ३२ हजारको‍ चिनी बरामद गरी भन्सार कार्यालय पठाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]

  (ABC-Sanchar) वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिव सरुवा गरेको हो । उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ, मधेसी आयोगका सहसचिव वसन्त अधिकारीलाई पनि गृह मन्त्रालय सरुवा गरिएको छ ।

(ABC-Sanchar) काठमाडौं । मुम्बई प्रहरीको अपराध शाखाले केही दिन अघि राजस्थानबाट पाँचौँ आरोपी मोहम्मद चौधरीलाई पक्राउ गरेको थियो । यस मामिलामा प्रहरीले हालै हरियाणाबाट हरपाल सिंह नाम गरेका छैटौँ आरोपीलाई समातेको छ । सिंहमाथि हमलाका लागि मोहम्मद चौधरीलाई पैसा दिएको आरोप छ । प्रहरीले यस मामिलामा सबैभन्दा पहिला पञ्जाबबाट २ आरोपीलाई समातेको थियो । त्यसपछि […]