०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

स्रोत नखुलेको ८ लाख रकमसहित १ जना झापाबाट पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

(ABC-Sanchar)
झापा । स्रोत नखुलेको आठ लाखभन्दा बढी रूपैयाँसहित झापा, बिर्तामोड–३ का ३४ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट साहलाई स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित बिहीबार पक्राउ गरेको हो ।

 

मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार साहलाई उक्त पैसा लिएर भारततर्फबाट विराटनगरतर्फ आउने क्रममा पक्राउ गरिएको हो । को२९प ८६४० नम्बरको स्कुटरमा सवार साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेपाली नगद १ हजारको ३३५ थान, ५ सयको ६४० थान, १ सयको १,६०० थान र ५० को १०६ थान नोट बरामद भएको प्रहरीको भनाइ । पक्राउ परेका साहलाई थप कारवाहीका लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय सुनसरी बुझाइएको प्रवक्ता श्रेष्ठले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]

  (ABC-Sanchar) वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिव सरुवा गरेको हो । उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ, मधेसी आयोगका सहसचिव वसन्त अधिकारीलाई पनि गृह मन्त्रालय सरुवा गरिएको छ ।