२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिकास प्रेम्री दाङका सिडियो राम बहादुर कुरुङ्बाङको काठमाडौं सरुवा

Logo
प्रकाशित शुक्रबार, कार्तिक १२, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा ५ महिना अगाडि दाङ प्रमुख जिल्ला अधिकारीका रुपमा आएका रामबहादुर कुरुम्बाङको सरुवा भएको छ । हिजो बिहीबार गृहमन्त्रालय प्रजिअ कुरुम्बाङलाई गृहमन्त्रालयमा सरुवा गरेको हो ।

पाँच महिनाको अवधिमा कुरुम्वाङले दाङमा एक्सन ओरिन्टेड काम गर्दै आएका थिए । कुरुम्बाङलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो ।
सम्भवतः दाङमा अब हिरालाल रेग्मी प्रमुख जिल्ला अधिकारीको रुपमा आउने छन् । हाल रेग्मी नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । रेग्मी पनि कुशल प्रशासकका रुपमा चिनिन्छन् ।

रेग्मीले जिल्ला विकास समिति कालिकोट, अछाम, सुर्खेत, गुल्मी र दैलेखमा स्थानीय विकास अधिकारीको रुपमा काम गर्नुभयो भने धनगढी, टिकापुर, धरान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । २०६६ सालमा उपसचिव हुनुभएका रेग्मी २०७६ सालमा सहसचिव भएका हुने ।

सहसचिव भएपछि गृह मन्त्रालय हुँदै सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गर्नुभएका रेग्मीले यसअघि कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवको रुपमा कार्यरत भइसकेका छन् । यद्यपि गृहमन्त्रालयले आधिकारिक पत्र भने पठाएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]