०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

बिकास प्रेम्री दाङका सिडियो राम बहादुर कुरुङ्बाङको काठमाडौं सरुवा

Logo
प्रकाशित शुक्रबार, कार्तिक १२, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा ५ महिना अगाडि दाङ प्रमुख जिल्ला अधिकारीका रुपमा आएका रामबहादुर कुरुम्बाङको सरुवा भएको छ । हिजो बिहीबार गृहमन्त्रालय प्रजिअ कुरुम्बाङलाई गृहमन्त्रालयमा सरुवा गरेको हो ।

पाँच महिनाको अवधिमा कुरुम्वाङले दाङमा एक्सन ओरिन्टेड काम गर्दै आएका थिए । कुरुम्बाङलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो ।
सम्भवतः दाङमा अब हिरालाल रेग्मी प्रमुख जिल्ला अधिकारीको रुपमा आउने छन् । हाल रेग्मी नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । रेग्मी पनि कुशल प्रशासकका रुपमा चिनिन्छन् ।

रेग्मीले जिल्ला विकास समिति कालिकोट, अछाम, सुर्खेत, गुल्मी र दैलेखमा स्थानीय विकास अधिकारीको रुपमा काम गर्नुभयो भने धनगढी, टिकापुर, धरान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । २०६६ सालमा उपसचिव हुनुभएका रेग्मी २०७६ सालमा सहसचिव भएका हुने ।

सहसचिव भएपछि गृह मन्त्रालय हुँदै सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गर्नुभएका रेग्मीले यसअघि कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवको रुपमा कार्यरत भइसकेका छन् । यद्यपि गृहमन्त्रालयले आधिकारिक पत्र भने पठाएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाइएको छ । रासस

  (ABC-Sanchar) दाङ । माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु […]

  ABC (क्राईमबिट) सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको […]