१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सीके राउतका कार्यकर्ताद्वारा धनुषामा प्रधानाध्यापकमाथि दूर्ब्यवहार

Logo
प्रकाशित शुक्रबार, कार्तिक १२, २०७८

(ABC-Sanchar)
धनुषा । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषाका एक प्रधानाध्यापकलाई दूर्ब्यवहार गरेका छन् । शुक्रबार (आज) धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई दूर्ब्यवहार गरेका हुन् ।

पार्टीका कार्यकर्ताले विभिन्न मागसहित पछिल्लो ४ दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नगरेको भन्दै प्रधानाध्यापकलाई चप्पलले पिटेका हुन् । विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने माग गरेका छन् ।

त्यस्तै, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने पनि उनीहरुको माग छ ।

त्यसोत, यसअघि सीके राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकासका हाकिम राजेस्वर कुशवाहालाई कुटपिट तथा दुव्र्यवहार गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!