२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ प्रहरीले तुल्सीपुरबाट ८ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक १२, २०७८


ABC (क्राईमबिट)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दीपेन्द्र गिरी‘दिपु’,मिनकेतन गिरी,सुरेन्द्र हमाल,विवेक मल्ल, दिगम्बर गिरी,मानबहादुर रावतलगायत ८ जना पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूमा सञ्चार उद्यमी तथा एमाले र कांग्रेसका जिल्लास्थित नेताहरू पनि छन् । तीमध्ये केही पटक–पटक जुवाको खालबाट पक्राउ परेका व्यक्तिहरू रहेकोसमेत प्रहरीले बताएको छ। तुल्सीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित रजौराबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट एक लाख ९८ हजार दुई सय रूपैयाँ र कौडा बरामद गरिएको छ । उनीहरूलाई शुक्रबार अपराह्न पौने ४ बजेतिर पक्राउ गरिएको दाङ प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]