ABC (क्राईमबिट)
बर्दिया । भारतबाट भन्सार छली अबैध रुपमा ल्याउदै गरेको कपडा प्रहरीले बिहीबार बरामद गरेको छ ।
गुलरिया नगरपालिका–१० स्थित भारतबाट ल्याउदै गरेको कपडा प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेको अबैध कपडा मुल्य रु २८ हजार बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रहरी सिमा चौकी मथुराबाट खटिएको प्रहरी टोलीले अबैध कपडा बरामद गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।