२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रहरीले कलैयामा जबरजस्ती करणी गर्ने १ जना पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक १३, २०७८

(रवि वर्णवाल)
बारा । कलैया उपमहानगरपालिका वडा नं. २१ बस्ने वर्ष ३८ को जाहिर अन्सारीले बारा घर भई उच्च शिक्षाको लागि बीरगञ्जमा डेरा लिई बस्दै आएकी १९ वर्षीया युवतीलाई विकास यादव भनी परिचय ढाँटी आफू अविवाहित रहेको भनी झुक्याई प्रेम सम्बन्ध गाँसी विवाह गर्ने प्रलोभन समेत देखाई २ वर्षदेखि बीरगञ्ज नगरका विभिन्न स्थानमा पटकपटक करणी गरेको, सो क्रममा निजले आफ्नो मोबाइलले अश्लील फोटो र भिडियो खिचेको, यस क्रममा निजले मिति २०७८।०६।२७ गते राति २२.०० बजे पीडित एक्लै भएको मौका छोपी पीडितको डेराकोठामा गई अश्लील फोटो र भिडियो सार्वजनिक गरी भाइरल गरिदिने भनी डरत्रास देखाई अनुचित दबाबमा पारी जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको पीडितले दिएको मिति २०७८।०७।११ गतेको जाहेरी दरखास्तको आधारमा यस कार्यालयबाट खटिएको टोलीले सोही दिन १७.०० बजे बीरगञ्ज महानगरपालिका वडा नं.०८ स्थित भारतीय कन्सुलर कार्यालय अगाडिबाट निज जाहिर अन्सारीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्सा का नायव उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी गराए का हुन।
निम्न:-
पक्राउ विवरण:
१)अभियुक्त:- जाहिर अन्सारी
उमेर:- ३८ वर्ष
ठेगाना:- जि.बारा कलैया उ.म.न.पा. वडा नं. २१
पक्राउ मिति:- २०७८।०७।११ गते ।
मुद्दा:- करणी सम्बन्धी कसूर ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]