१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने २ पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक १३, २०७८

(रवि वर्णवाल)
बिरगंज । विहान ६:०० बजे पीडित १६ वर्षीया बालिका ट्युसन पढ्न जाने क्रममा बाटो ढुकी निजको हात समाती जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी आवाज बाहिर नसुनियोस् भन्ने उद्देश्यले ठूलो आवाजमा गीत घन्काई भित्रबाट चुकुल लगाई पीडितको लुगा खोली जबरजस्ती करणी गर्न लाग्दा प्रत्यक्षदर्शीमार्फत अभिभावकलाई खबर भएपश्चात् करणी गर्न नपाएकोले काननूनबमोजिम कारबाही गरिपाऊँ भन्ने समेत व्यहोराको अभिभावकले दिएको मिति २०७८।०७।११ गतेको जाहेरी दरखास्तको आधारमा यस कार्यालयबाट खटिएको टोलीले सोही दिन १८.०० बजे जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं.२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही स्थान बस्ने वर्ष २५ को अनिल महतो कोइरीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी उद्योग कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्सा का नायव उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी गराए।
निम्न:-
पक्राउ विवरण:
१)अभियुक्त:- बिकर ठाकुर हजाम
उमेर:- २० वर्ष
ठेगाना:- जि.पर्सा वीरगञ्ज म.न.पा. वडा नं. २१
पक्राउ मिति:- २०७८।०७।११ गते ।
मुद्दा:- करणी सम्बन्धी कसूर ।
२)अभियुक्त:- अनिल महतो कोईरी
उमेर:- २५ वर्ष
ठेगाना:- जि.पर्सा वीरगञ्ज म.न.पा. वडा नं. २१
पक्राउ मिति:- २०७८।०७।११ गते ।
मुद्दा:- करणी सम्बन्धी कसूर ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!