०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

अर्काको जग्गालाई आफ्नो जग्गा भनेर बेच्ने ३ जनालाई कारागार चलान

Logo
प्रकाशित शनिबार, कार्तिक १३, २०७८

(ABC-Sanchar)
सुर्खेत । उच्च अदालत सुर्खेतले अर्काको जग्गा बेचिदिने ३ जनालाई कारागार चलान गर्न आदेश दिएको छ । अदालतले वीरेन्द्रगर सुर्खेतका सन्तोष ठाकुरसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश राजेन्द्र सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर–२ भुरेलीका ठाकुरसहित, वीरेन्द्रनगर–५ का निर्मल पुरी र वीरेन्द्रनगर–२ का गोर्खबहादुर भन्ने गणेश बुढालाई कारागार चलान गर्न आदेश दिएको छ ।

उनीहरूले जग्गाका मालिक सौगात रावतको नक्कली सहीछाप गरी उनको जग्गा अर्कैलाई बेचेका थिए । रावतको उक्त सहीछाप विधि विज्ञान प्रयोगशालाबाट नमिलेको प्रमाणित भएको थियो ।

रावतको नाममा दर्ता भएको वस्रेन्द्रनगर –१२ मा रहेको कित्ता नं ३१११ को जग्गामध्ये २०७७ असार १० गतेपछि ६ कित्तामा अर्कैको नाममा नामसारी गरेको खुलेको थियो । २०७७ पुस २९ गते जग्गाको नक्सा निकाल्ने क्रममा रावतका नामको कित्ता नम्बर नभेटिएपछि जग्गा अर्कैको नाममा नामसारी भएको खुलेको हो ।

ठाकुरसहितले सहवीर कार्कीको नाममा राजीनामा लिखित पारित गरी लिएपछि मालपोतका कर्मचारीसहित यो प्रकरणमा मुछिएका थिए ।

यसअघि वैशाख १६ गते उनीहरूलाई सुर्खेत जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

ठाकुरबाट ५ लाख, पुरी र बुढाबाट ३ लाख रुपैयाँ धरौटी तोकिएको थियो । उच्च अदालतले उक्त आदेशलाई बदर गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]

  (ABC-Sanchar) वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिव सरुवा गरेको हो । उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ, मधेसी आयोगका सहसचिव वसन्त अधिकारीलाई पनि गृह मन्त्रालय सरुवा गरिएको छ ।