०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

सरकारले नेपाल र भारत सीमामा परिचयपत्र अनिवार्य लागू गरिने

Logo
प्रकाशित शनिबार, कार्तिक १३, २०७८

(ABC-Sanchar)
काठमाडौं । सरकारले नेपाल–भारत सीमा नाकाबाट हुने अवैध घुसपैठ र नाका छली रोक्न दुवै देशका नागरिकलाई आवागमनमा परिचयपत्र अनिवार्य गर्न कूटनीतिक तहमा छलफल गर्ने भएको छ ।

अफगानिस्तान, म्यानमार, इरान, इराकलगायत युद्धग्रस्त मुलुकका नागरिक दक्षिण तर्फका नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गर्नेक्रम नरोकिएपछि सरकारले तेस्रो देशका नागरिकमाथिको नियमन एवं नाकामा चेकजाँच बढाउन परिचयपत्र अनिवार्य गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौडेल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, सेनासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी, अध्यागमन विभागका प्रमुख र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको केन्द्रीय सुरक्षा समिति बैठक बसेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले केन्द्रीय सुरक्षा समिति बैठकमा सीमाबाट हुने तेस्रो देशका नागरिकको घुसपैठ/नाका छली रोकथाम तथा नियन्त्रणबारे केन्द्रित भएको बताए ।

सीमामा सीसीटीभीबाट समेत निगरानी र नियमन बढाउन पनि बैठकले निर्देशन दिएको छ । पछिल्लो समय अफगान, म्यानमारका रोहिंग्यालगायत विदेशी अवैध रूपमा भित्रिएर ‘शरणार्थी’ भेषमा लुकीछिपी बस्ने गरेको विषयलाई गम्भीर रूपमा लिएर सुरक्षा समिति बैठकले त्यसलाई रोकथाम तथा नियन्त्रण एवं सीमाबाट हुने आवागमन व्यवस्थित गर्न परिचयपत्र अनिवार्य गर्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए । यसका लागि दुवै देशबीच कूटनीतिक तहमा पहल थालिने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाइएको छ । रासस

  (ABC-Sanchar) दाङ । माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु […]

  ABC (क्राईमबिट) सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको […]