१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

युवा संगठनको चौथो राष्ट्रिय सम्मेलन दाङको घोराहीमा

Logo
प्रकाशित शनिबार, कार्तिक १३, २०७८


(ABC-Sanchar)
दाङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनमत संग्रह भए आफूहरु चुनावमा भाग लिन तयार रहेको बताउनुभएको छ ।

पार्टी निकट युवा संगठनको चौथो राष्ट्रिय सम्मेलन दाङको घोराहीमा उद्घाटन गर्दै उहाँले अहिलेको संकट कुनै दल वा व्यक्तिका कारणले मात्र नभइ पूँजीवादी संसदीय ब्यवस्थाकै कारणले भएकाले त्यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक रहेको बताउनुभयो । ‘हामीलाई अन्य पार्टीहरुले चुनाव लड्न नचाहेको युद्ध गर्न खोजेको जस्ता आरोप पनि लगाउनुभएको छ’– उहाँले भन्नुभयो– ‘हामी पूँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी ब्यवस्था भनेर जनमत संग्रह गरिए चुनाव लड्न तयार छौं ।’

तर, आफूहरु सांसद मन्त्री फेर्ने चक्करका लागि भने चुनाव लड्न तयार नभएको उहाँले स्पष्ट गर्नुभयो । अहिलेको संकट जनताको संकट नभएर शासकको संकट भएको पनि उहाँले बताउनुभयो । ‘अहिले राजनीतिमा ठूलो संकट छ तर यो जनताका कारण आएको होइन’– उहाँले भन्नुभयो– ‘यो संकट शासकहरुका कारण आएको हो । यो संकट राज्यसत्तामा परिवर्तन आउननसक्दा आएको शासकहरुको संकट हो ।’

‘समाजवादमा प्रतिबद्ध माओवादी केन्द्रसँग एकता’

अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बारम्बार एकताको प्रस्ताव राखेको उल्लेख गर्दै उहाँले प्रचण्ड वैज्ञानिक समाजवादमा प्रतिबद्ध रहे सो पार्टीसँग एकता हुनसक्ने बताउनुभयो । तर, उहाँले प्रचण्ड बाबुरामहरुले धोका दिएको भन्दै पटकपटक तिक्तता पोख्नुभयो ।

कुनैबेला ताम्सालिन क्षेत्रका महिलाहरुलाई दलालले मायाँजालमा पारेर फकाउने र बिदेश लगेर बिक्री गर्ने गरेको भन्दै प्रचण्ड बाबुरामहरुले आफूहरुलाई त्यस्तै गराएको बताउनुभयो । ‘उहाँहरुले उहिले हामीलाई लौ साँच्चिकै जनताको जनताको सत्ता ल्याउने हो, काठमाडौं जाऔं भन्नुभयो’– शान्ति प्रक्रियामा ल्याउँदाको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘तर काठमाडौं लगिसकेपछि हाम्रो क्रान्ति, हाम्रो जनसत्ता सबैलाई बिदेशीसँग बेच्नुभयो, हामीले बेचिन नमानेरै बिद्रोह गरेका हौं ।’

फेरि पनि ठूलो पार्टी बनाउने, सत्तामा जाने भ¥याङ बनाउने हो भने आफूहरुसँग एकताका लागि कुरा गर्नुको अर्थ नहुने उल्लेख गर्दै महासचिव विप्लवले होइन, विगतप्रति समीक्षा गरेर क्रान्तिकारी सोंचसहित आउन चाहेको भए सोच्न सकिने बताउनुभयो ।

सो पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले राज्यसत्ता परिवर्तन गर्न सकिएन भने जतिसुकै ठूलो उपलब्धि गरे पनि खेर जाने गरेको सुनाउनुभयो । दश हजार यौद्धाको ज्यान गएर क्रान्ति गरिएको भए पनि राज्यसत्ता परिवर्तन गर्न नसक्दा उपलब्धि हासिल गर्न नसकेको उहाँले बताउनुभयो । अब विप्लव वा आफू नै त्यही बाटोबाट सत्तामा पुगे कुनै परिवर्तनको संभावना नहुने उहाँले बताउनुभयो ।

अर्का सचिवालय सदस्य सन्तोष बुढाले आधा क्रान्ति अझै बाँकी रहेको बताउनुभयो । उहाँले एमसीसीजस्ता बैदेशिक हस्तक्षेविरुद्ध लड्ने नीति बनाउन पनि युवाहरुलाई आव्हान गर्नुभयो । सरकारले सबै बन्दी रिहा गर्ने सहमति गरे पनि अझै सवा सय बन्दी रिहा हुन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।

युवा संगठनका अध्यक्ष पाटन जंगलीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका पूर्वअध्यक्ष उदयबहादुर चलाउने, नेकपा दाङ इञ्चार्ज बलबहादुर ओली, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, महिला संगठन उपाध्यक्ष धिरेन्द्रा उपाध्यायलगायतले बोल्नुभएको थियो । कार्यक्रममा सामना सांस्कृतिक परिवारले सांस्कृतिक प्रस्तुति देखाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!