०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

जुवाडेहरुको सुचना संकलन भइरहेको छ जुवा संचालन गर्नेहरु पक्राउ पर्छन बाँके एसपी:अधिकारी

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

(सागर थापा)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बाँकेमा जुवा-तासको खाल लुकिछिपी संचालन भइरहेको बारे प्रहरीले सुचना संकलन गरिरहेको बताउनुभएको छ । उहाँले सुचना संकलन भइरहेको र केही दिनमै जुवा-तासको खाल संचालन गर्ने ब्यक्तिहरु पक्राउ पर्ने बताउनुभयो ।
उहाँले नेपाल कागजसंग कुरा गर्दै भन्नुभयो, ‘जुवा-तासको खाल संचालन गर्नु अपराध हो, २-४ ठाउँमा छापा हान्दैछौँ । बाँकेमा कहाँ-कुन ठाउँमा जुवा-तासको खाल संचालन भइरहेको छ भन्ने बारे हामीलाई सुचना दिनुहोस्, प्रहरीले तुरुन्तै कारबाही गर्छ, हामी हाम्रो तर्फबाट सतर्क भएर चुस्त रुपमा लागिरहेका छौँ, सचेत नागरिकसंगपनी सुचनाको अपेक्षा गर्छौँ, कतै गलत भइरहेको छ भने हामीलाई संपर्क गर्नुहोस् ।’
उहाँले अहिले जुवाडेहरु धेरै चलाख भइसकेको, सानो समुह बनाएर बिभिन्न हतकण्डा अपनाएर जुवा-तास खेल्ने गरेकाले प्रहरी समक्ष सुचना आउन नसकेकाले कहीँ-कतै लुकिछिपी त्यस्ता गतिबिधी भएका छन भने प्रहरीलाई सहयोग गर्न नागरिकहरुलाई आग्रह गर्नुभयो ।

प्रहरीको आँखा छली बाँकेमा करोडौँको जुवा खाल संचालन
उपरीक्षक अधिकारीले जुवा-तासको केसमा प्रहरीलाई समेत बिबादमा ल्याउने धेरै जुवाडेहरुको प्रयास हुने भएकाले पुख्ता-तथ्यगत सुचना संकल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीलाई सहयोग र साथ दिनुहोस्, तँपाइको छेउँ-छाउँमा कहीँ कतै कुनै अपराधिक प्रवृत्ति बढी रहेको छ वा त्यस्ता मनोवृत्तिका मानिसहरु देख्नुहुन्छ भने प्रहरीलाई संपर्क गर्नुहोस्, सिधै मलाई संपर्क गर्नुहोस् ।’
उहाँले नागरिक पनि आफैमा प्रहरी हुने गरेकाले नागरिक-प्रहरी साझेदारी गर्दै अपराध निर्मुल गर्ने दिशामा हात मिलाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]

  (ABC-Sanchar) वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिव सरुवा गरेको हो । उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ, मधेसी आयोगका सहसचिव वसन्त अधिकारीलाई पनि गृह मन्त्रालय सरुवा गरिएको छ ।

(ABC-Sanchar) काठमाडौं । मुम्बई प्रहरीको अपराध शाखाले केही दिन अघि राजस्थानबाट पाँचौँ आरोपी मोहम्मद चौधरीलाई पक्राउ गरेको थियो । यस मामिलामा प्रहरीले हालै हरियाणाबाट हरपाल सिंह नाम गरेका छैटौँ आरोपीलाई समातेको छ । सिंहमाथि हमलाका लागि मोहम्मद चौधरीलाई पैसा दिएको आरोप छ । प्रहरीले यस मामिलामा सबैभन्दा पहिला पञ्जाबबाट २ आरोपीलाई समातेको थियो । त्यसपछि […]