१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

डिएसपी हु भन्दै ठगी धन्दा चलाउने निलम भट्टराई सुर्खेतबाट पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक डिएसपी बताउँदै ठगी धन्दा चलाएर हिँडेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका निलम भट्टराई रहेका छन् । उनले आफू नेपाल प्रहरीको डिएसपी हो भन्दै बताउने गरेका थिए ।

उनको साथबाट सोही नामको नेपाल प्रहरीको डिएसपीको परिचय–पत्रसमेत बरामद भएको छ । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक (इन्सपेक्टर) जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ लिएको आरोपमा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलील सुर्खेतबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङका अनुसार राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै भट्टराईले ठगी धन्दा गर्दै आएका थिए ।

लामो प्रयासपछि भट्टराईलाई महाशाखाले पक्राउ गर्न सफल भएको एसएसपी खापुङले बताए । भट्टराई कालो रंगको गाडीमा हिँड्ने गर्थे । जो कोहीले पनि उनी प्रहरीकै डिएसपी होला भनेर अनुमान गर्थे ।

तर, पक्राउ परेपछि उनको सबै कर्तुत बाहिरिएको छ । पक्राउ परेका भट्टराईले महाशाखाको टोलीले सुर्खेतबाट काठमाडौं ल्याउँदै छ । महाशाखाका अनुसार भट्टराईलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।

पक्राउ परेका भट्टराईले केही दिनअघि समेत कोहलपुर बसपार्कको एक मासु पसलबाट आफुहरु पत्रकार र ब्यूरो प्रहरी रहेको भन्दै रकम माग गरेका थिए । भट्टराईको समूहले बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा प्रहरी र पत्रकार हुँ भन्दै ठगी धन्दा चलाएर हिँड्दै गरेको अनुसन्धान बाट खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!