०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

डिएसपी हु भन्दै ठगी धन्दा चलाउने निलम भट्टराई सुर्खेतबाट पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक डिएसपी बताउँदै ठगी धन्दा चलाएर हिँडेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका निलम भट्टराई रहेका छन् । उनले आफू नेपाल प्रहरीको डिएसपी हो भन्दै बताउने गरेका थिए ।

उनको साथबाट सोही नामको नेपाल प्रहरीको डिएसपीको परिचय–पत्रसमेत बरामद भएको छ । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक (इन्सपेक्टर) जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ लिएको आरोपमा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलील सुर्खेतबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङका अनुसार राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै भट्टराईले ठगी धन्दा गर्दै आएका थिए ।

लामो प्रयासपछि भट्टराईलाई महाशाखाले पक्राउ गर्न सफल भएको एसएसपी खापुङले बताए । भट्टराई कालो रंगको गाडीमा हिँड्ने गर्थे । जो कोहीले पनि उनी प्रहरीकै डिएसपी होला भनेर अनुमान गर्थे ।

तर, पक्राउ परेपछि उनको सबै कर्तुत बाहिरिएको छ । पक्राउ परेका भट्टराईले महाशाखाको टोलीले सुर्खेतबाट काठमाडौं ल्याउँदै छ । महाशाखाका अनुसार भट्टराईलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।

पक्राउ परेका भट्टराईले केही दिनअघि समेत कोहलपुर बसपार्कको एक मासु पसलबाट आफुहरु पत्रकार र ब्यूरो प्रहरी रहेको भन्दै रकम माग गरेका थिए । भट्टराईको समूहले बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा प्रहरी र पत्रकार हुँ भन्दै ठगी धन्दा चलाएर हिँड्दै गरेको अनुसन्धान बाट खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC( क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल र रूपक मैनाली […]

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]