०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

दाङ प्रहरीले घोराहीबाट ४ लाख ५० हजार नगदसहित २० जुवाडे पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८


(सागर थापा)
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ रझेनामा आइतबार राती एक घरमा भइ रहेको जुवामा छापा मारेर प्रहरीले २० जुवाडे पक्राउ गरेको हो।

रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद बरामद भएको एसपी सुरेश काफ्लेले बताए।

प्रहरी कार्यालयदेखि झन्डै तीन किलोमिटर उत्तरमा पर्ने रझेनास्थित खड्काको घरमा छापा मारेर प्रहरीले साढे चार लाख नगद र जुवाडेले प्रयोग गरेका चारवटा कारहरु समेत नियन्त्रणमा लिएको उनले बताए।

‘जुवाडेले प्रहरीलाई पनि झुक्याए,’ एसपी काफ्लेले भने ‘बाहिरै गाडीमा बसेको एक जना व्यक्तिले लाखौं रुपैयाँ लिएर भाग्न सफल भएको हामीलाई सूचना छ।’

डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार कौडा खेली रहेको अवस्थामा जुवाको खालबाट रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रुपलाल बिक, दाङको घोराही उपमहानगरपालिका १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज वली रहेका छन्।

त्यस्तै घोराही ४ गोग्लीका ६२ वर्षीय श्रीधर अधिकारी, घोराही ५ का ५७ वर्षीय नवीन पछाँँई, घोराही १५ का ५७ वर्षीय महावीर वली, सोही ठाउँका ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ वर्षीय विकास खत्री, ४२ कै प्रमोद गौतम, घोराही १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही १६ का ३४ का रवी गिरी, घोराही १८ का ४९ वर्षीय समिर लामा, घोराही १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही १४ का २४ वर्षीय कमल घर्ती रहेको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय तुलसीपुर र घोराही क्षेत्रबाट प्रहरीले जुवा खालहरुमा छापा मारेर दिनहुँजसो जुवाडेहरु पक्राउ गर्दे आएको छ। पक्राउ परेकाविरूद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाइएको छ । रासस

  (ABC-Sanchar) दाङ । माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु […]

  ABC (क्राईमबिट) सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको […]