०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

बाँके प्रहरीले धमाधम जुवाडेहरु ६० हजार नगदसहित पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८

(Abc sanchar)
बाँके । तिहार नजिकिँदै गर्दा जुवाडेविरुद्ध बाँके प्रहरीले धावा बोलिसकेको अवस्थामा जुवाडेहरुलाई धमाधम पक्राउ गर्न सुरु गरिसकेको छ । गत हप्ता कोहलपुरबाट ठूलो रकमसहित आधा दर्जन जुवाडेलाई पक्राउ गर्न सफल भएको बाँके प्रहरीले पुनः खजुरामा जुवा खेलिरहेका जुवाडे पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट गएको टोलीले गएराती ९ बजे खजुरा गाउँपालिका २ ‘ए’ गाउँ नजिक नर्सरीमा जुवा खेलिरहेका दुई जनालाई ६० हजार ५०० नगदसहित पक्राउ गरेको छ ।

जानकी गाउँपालिका ३ का २८ बर्षीय अशोक बर्मा र रुपइडिहा बस्ने ४० बर्षीय राधे बर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । उनीहरुको साथबाट १८ गड्डी तास समेत फेला परेको हुँदा अरु जुवाडे फरार भएको हुन सक्ने बाँके प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुबै जनासँँग थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]

  (ABC-Sanchar) वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिव सरुवा गरेको हो । उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ, मधेसी आयोगका सहसचिव वसन्त अधिकारीलाई पनि गृह मन्त्रालय सरुवा गरिएको छ ।