२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके प्रहरीले धमाधम जुवाडेहरु ६० हजार नगदसहित पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८

(Abc sanchar)
बाँके । तिहार नजिकिँदै गर्दा जुवाडेविरुद्ध बाँके प्रहरीले धावा बोलिसकेको अवस्थामा जुवाडेहरुलाई धमाधम पक्राउ गर्न सुरु गरिसकेको छ । गत हप्ता कोहलपुरबाट ठूलो रकमसहित आधा दर्जन जुवाडेलाई पक्राउ गर्न सफल भएको बाँके प्रहरीले पुनः खजुरामा जुवा खेलिरहेका जुवाडे पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट गएको टोलीले गएराती ९ बजे खजुरा गाउँपालिका २ ‘ए’ गाउँ नजिक नर्सरीमा जुवा खेलिरहेका दुई जनालाई ६० हजार ५०० नगदसहित पक्राउ गरेको छ ।

जानकी गाउँपालिका ३ का २८ बर्षीय अशोक बर्मा र रुपइडिहा बस्ने ४० बर्षीय राधे बर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । उनीहरुको साथबाट १८ गड्डी तास समेत फेला परेको हुँदा अरु जुवाडे फरार भएको हुन सक्ने बाँके प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुबै जनासँँग थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]