१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बाँके प्रहरीले ज्यान मार्ने उद्योग र बाल यौन मुद्दाका फरार २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका खजुरा गाउँपालिका ३ का २५ बर्षीय शतीष बिकलाई लुकिछिपी बसेको अवस्थाम आज पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। पक्राउ परेका बिकलाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले २०७८/०५/१३ गते १ वर्ष ३ महिना २४ दिन कैद फसैला सुनाएको थियो। फैसला पश्चात् बिक फरार रहेका थिए। त्यस्तै जिल्ला प्रहरी बाँकेले बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका अर्का एक प्रतिवादी पक्राउ गरेको जनाएको छ। बाँके प्रहरीले खजुरा गाउँपालिका ३ कै २३बर्षीय सुमन बिश्वकर्मालाई लुकिछिपी बसेको अवस्थामा बाँकेबाट पक्राउ गरेको छ। फरार प्रतिवादी बिश्वकर्मालाई बाल यौन दुरुपयोग मुद्दामा…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!