२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रुपन्देही प्रहरीले ठूलो परिणाममा पटका बरामद गरी नष्ट गर्दै

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८


ABC (क्राईमबिट)
रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणाममा पटका बरामद गरी नष्ट गरेको छ। जिल्लाका विभिन्न नाका हुँदै भारतबाट मुलुकमा भित्र्याइएका करिब ७ लाख मूल्य बराबरका पटका बरामद गरी नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर बरामद पटका पानीमा डुबाएर निष्कृय गरी खाल्डोमा नष्ट गरेको छ।

अघिल्लो हप्ता पनि करिब तीन लाख मूल्यका पटका बरामद गरी नष्ट गरिएको थियो।

‘एक हप्ताको अन्तरालमा करिब दश लाख मूल्य बराबरका पटका नष्ट गरिएको छ’, रुपन्देही प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले भने, ‘चाडपर्वमा पड्काउनका लागि प्रतिबन्धित पटका प्रत्येक वर्ष नेपाल भित्र्याइन्छ, यसलाई प्रहरीले रोक्ने गरेको छ।’

उनका अनुसार विभिन्न क्षेत्रमा रहेका प्रहरी इकाइहरुले आइतबार पटाका बरामद गरेका थिए। जिल्ला प्रहरीले १ लाख १६ हजार, प्रहरी चौकी मेउडिहवाले १ लाख ४५ हजार ५ सय, प्रहरी चौकी मैनिहवाले ९१ हजार, इलाका प्रहरी मंगलापुरले ८३ हजार ४ सय १६, इलाका प्रहरी लुम्बिनी र मातहतले ८१ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ।

यस्तै, इलाका प्रहरी बेलहियाले ३५ हजार, इप्रका मर्चवारले २२ हजार पाँच सय, खैरेनीले २१ हजार, गुलरिया चौकीले १० हजार, कालीदहले १४ हजार र मर्यादपुरले ५० हजारको पटका बरामद गरेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]