०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

रुपन्देही प्रहरीले ठूलो परिणाममा पटका बरामद गरी नष्ट गर्दै

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८


ABC (क्राईमबिट)
रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणाममा पटका बरामद गरी नष्ट गरेको छ। जिल्लाका विभिन्न नाका हुँदै भारतबाट मुलुकमा भित्र्याइएका करिब ७ लाख मूल्य बराबरका पटका बरामद गरी नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर बरामद पटका पानीमा डुबाएर निष्कृय गरी खाल्डोमा नष्ट गरेको छ।

अघिल्लो हप्ता पनि करिब तीन लाख मूल्यका पटका बरामद गरी नष्ट गरिएको थियो।

‘एक हप्ताको अन्तरालमा करिब दश लाख मूल्य बराबरका पटका नष्ट गरिएको छ’, रुपन्देही प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले भने, ‘चाडपर्वमा पड्काउनका लागि प्रतिबन्धित पटका प्रत्येक वर्ष नेपाल भित्र्याइन्छ, यसलाई प्रहरीले रोक्ने गरेको छ।’

उनका अनुसार विभिन्न क्षेत्रमा रहेका प्रहरी इकाइहरुले आइतबार पटाका बरामद गरेका थिए। जिल्ला प्रहरीले १ लाख १६ हजार, प्रहरी चौकी मेउडिहवाले १ लाख ४५ हजार ५ सय, प्रहरी चौकी मैनिहवाले ९१ हजार, इलाका प्रहरी मंगलापुरले ८३ हजार ४ सय १६, इलाका प्रहरी लुम्बिनी र मातहतले ८१ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ।

यस्तै, इलाका प्रहरी बेलहियाले ३५ हजार, इप्रका मर्चवारले २२ हजार पाँच सय, खैरेनीले २१ हजार, गुलरिया चौकीले १० हजार, कालीदहले १४ हजार र मर्यादपुरले ५० हजारको पटका बरामद गरेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                           उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बुधबार सुनवाइ सकिएसँगै […]

(ABC-Sanchar) काठमाडौं । अखिल भारतीय बिश्नोई समाजका अध्यक्ष देवेन्द्र बुडियाले कालो हरिण प्रकरणमा बलिउड अभिनेता सलमान खानले माफी मागेमा विष्णोई समाजले माफी दिनेबारे विचार गर्न सकिने बताएका छन् । केही दिनअघि सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले गोली प्रहारको घटनामा उनको समर्थन गरेकी थिइन् । उनले कालो हरिणको मुद्दामा सलमानले गल्ती गर्दा उनी समझदार भई […]

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी सम्बन्धी मुद्दाको बहस लम्बिएको छ । उच्च अदालत पाटनमा चलिरहेको बहस चिया समय अघि नै सक्ने भनिएपछि बहस लम्बिएका कारण केही धकेलिएको हो । जाहेरीवालाका तर्फबाट धेरै कानुन व्यवसायी भएका कारण उनीहरूको बहस लम्बिएको हो । जाहेरवालाका तर्फबाट मङ्गलवार आधा दिनदेखि बहस सुरु भएको थियो । सुरुमा सरकारी […]