०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

कर्णाली प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

(ABC-Sanchar)
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन।

प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७ः३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७ः३० बजे राजीनामा दिएका थिए। प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिएका हुन।

विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा नेपाली कांगे्रससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको उनीद्वारा जारी पे्रस वक्तव्यमा उल्लेख छ।

प्रदेशदेखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको कांगे्रस सोही सहमतिअनुसार पहिलोपटक कर्णालीमा दुई मन्त्रीसहित सत्तामा पुगेको थियो।

माओवादी केन्द्र, कांगे्रस र नेकपा (एकीकृत समाजवादी) बीच भएको सहमतिअनुसार कांगे्रस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने बताइएको छ।
कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांगे्रसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC( क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल र रूपक मैनाली […]

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]