०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिन

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

(ABC-Sanchar)
ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ। छाडा कुकुरले खसी बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो।

पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै खाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका पशु शाखा प्रमुख प्रमित मगरले जानकारी दिए।

हर्ट नेपालसँगको सहकार्यमा गत वर्षबाटै यो अभियान थालिएको र प्रभावकारी देखिएकाले यो वर्ष पनि छाडा कुकुर बन्ध्याकरण गरिएको उनले बताए। उनले भने, ‘बन्ध्याकरण र खोप लगाएपछि कुकुर सुधो बन्ने, हत्तपत्त नटोक्ने, बच्चा नजन्माउने र जथाभाबी नहिँड्ने भएकाले बन्ध्याकरण तथा खोप लगाउन थालिएको हो।’

दुई सय छाडा कुकुरलाई हालसम्म बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको छ। छाडा कुकुरले गतवर्ष मात्रै सदरमुकाम आसपासका किसानका दुई दर्जनबढी खसी बाख्रा मारेको थियो।

सडकमा हुलै बाँधेर हिँड्ने र मोटरसाइकल तथा पैदल यात्रीलाई लखेटेर टोक्ने भएकाले बिहान बेलुका हिँडडुलमा जोखिम थियो।

कुकुरको आतंक कम गर्न बन्ध्याकरणले योगदान पुगेको स्थानीय श्याम श्रेष्ठले बताए। दिनरात हुल बनेर हिँड्ने कुकुर निकै कम भएको उनले सुनाए। मार्न नमिल्ने भएकाले साझेदार संस्था हर्टसँग मिलेर वैकल्पिक उपाय खोजिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले गत वर्ष र यो वर्षको बन्ध्याकरणले कुकुर नियन्त्रणमा ठूलो योगदान पुग्ने बताए । सदरमुकाम क्षेत्र मात्रै नभई गाउँ टोलसम्मै छाडा कुकुरको आतंकले स्थानीय हैरान छन्। अन्य स्थानीय तहले पनि यस्ता अभियान चलाउनु पर्ने माग छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                           उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बुधबार सुनवाइ सकिएसँगै […]

(ABC-Sanchar) काठमाडौं । अखिल भारतीय बिश्नोई समाजका अध्यक्ष देवेन्द्र बुडियाले कालो हरिण प्रकरणमा बलिउड अभिनेता सलमान खानले माफी मागेमा विष्णोई समाजले माफी दिनेबारे विचार गर्न सकिने बताएका छन् । केही दिनअघि सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले गोली प्रहारको घटनामा उनको समर्थन गरेकी थिइन् । उनले कालो हरिणको मुद्दामा सलमानले गल्ती गर्दा उनी समझदार भई […]

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी सम्बन्धी मुद्दाको बहस लम्बिएको छ । उच्च अदालत पाटनमा चलिरहेको बहस चिया समय अघि नै सक्ने भनिएपछि बहस लम्बिएका कारण केही धकेलिएको हो । जाहेरीवालाका तर्फबाट धेरै कानुन व्यवसायी भएका कारण उनीहरूको बहस लम्बिएको हो । जाहेरवालाका तर्फबाट मङ्गलवार आधा दिनदेखि बहस सुरु भएको थियो । सुरुमा सरकारी […]