०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

कपिलस्तु प्रहरीले अवैध राँगा र भैँसी पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

ABC (क्राईमबिट)
कपिलवस्तु । अबैध रुपमा रुपन्देही तर्फ लैजादै गरेका पशु चौपाया प्रहरीले नियन्त्रणमा लिएको छ ।कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं.– ०३ झरुवा बाट रुपन्देहि तर्फ लैजादै गर्दा प्रहरी चौकी लबनीबाट खटिएको प्रहरीले सोमबार साँझ अन्दाजि तिन लाख मुल्य बरावरका १० वटा पशु चौपाय (एक वटा भैँसी ३ वटा पाडि र ६ वटा राँगा) नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

गस्ती टोलीलाई देख्नासाथ तस्करहरुले रागाँ, भैसी र पाडापाडीलाई छाडी फरार भएका छन ।नियन्त्रण्मा लिइएका पशु चौपाय आबश्यक कारबाहीको लागी सुठौली भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC( क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल र रूपक मैनाली […]

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]