०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

जमुनाह सइ बिष्टको सेटिङ्गमा २ लाखको पटका नेपाल भित्रियो बाँके प्रहरीद्वारा नष्ट

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

(महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय जमुनाहको सेटिङ्गमा ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित पटका जन्य बस्तुहरु तस्करीको सेटिङ्गमा भारतबाट लुकिछिपी नेपालमा भित्रिएको छ । २ लाख मूल्य बराबरको पटका जन्य बस्तु जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।
पक्राउ गरिएको लाखौं मुल्यको पटका मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेमा नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौपानेले मंगलबार पत्रकारको उपस्थितिमा उक्त पटका जन्य बस्तु नष्ट गरिएको थियो । दिपावली सुरु भएसँगै भारतबाट प्रतिबन्धित पटकाजन्य विस्फोटक पदार्थहरु जमुनाह सइ मीन बहादुर बिष्टको सेटिङ्गमा नेपाल भित्र्याउने गरिएको छ ।

भारत रुपैडियाका ब्यापारी साजिद खातुन पवन गुप्ता पटका क्यारिङ्ग गर्ने सन्तोष शर्माका अनुसार ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज मीनबहादुर विष्ट संगको सेटिङ्गमा जमुनाह प्रहरीले पटका जन्य नेपालमा भित्र्याउने गरेको बताए । यता बाँके प्रहरीको कमाण्डमा २ लाख भन्दा धेरै पटका पक्राउ गरिएको छ ।

दिपवलीमा मनोरञ्जनको नाममा पटका पटकाउने र आतासवाजी गर्ने गरिन्छ । तर यसलाई नेपाल सरकारले प्रतिबन्ध गरेको छ । तर पनि बजारमा जमुनाह सइ बिष्टको सेटिङ्गमा पटकाहरु नेपालमा व्यापक भित्रिएर पट्काउने क्रम सुरु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC( क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल र रूपक मैनाली […]

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]