१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सरकारले एकल पुरुषलाई विदुर भत्ता दिने

Logo
प्रकाशित बुधबार, कार्तिक १७, २०७८


(ABC-Sanchar)
जुम्ला । गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ।
गाउँपालिकाले ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने जनाएको छ।

यसका लागि चालु आर्थिक वर्षमा रु सात लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए।

उनले भने, “एकल पुरुषलाई मासिक रु दुई हजारका दरले विदुर भत्ता दिने कार्यपालिको निर्णय भएको छ।”

गाउँपालिकाले विदुर भत्ता दिने निर्णयको एकल पुरुषले स्वागत गरेका छन्। समाजमा एकल पुरुष पनि साहराविहीन हुने गरेका छन्। सो भत्ताले थोरै भए पनि राहत दिने विश्वास गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ।

गुठीचौर गाउँपालिकाले यसबाहेक थप एकल पुरुष भत्ता वितरण गर्न थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए।

अहिले गाउँपालिकाभित्र रहेका एकल पुरुषको तथ्याङ्क सङ्कलनको काम सुरु भएको छ।

तथ्याङ्क आउने वित्तिकै विदुर भत्ता दिन सुरु गर्ने हुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए। एकल पुरुषको तथ्याङ्क सङ्कलनका लागि प्रत्येक वडालाई सर्कुलर गरिएको छ।

गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना हर्लिक्स, कुखुरा र अण्डा वितरण गर्दै आएको पनि छ । हिमाली जिल्लामा ६० वर्षदेखि माथिकालाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले त्योभन्दा तल ४० वर्ष भन्दा माथिका एकल पुरुषलाई विदुर भत्ता दिन थालिएको हो।

गाउँपालिका महिला, बालबालिका, एकल पुरुष, एकल महिला, असाहय, अपाङ्गता भएका व्यक्तिको हितका लागि संवेदनशील रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए।

गाउँपालिकाले यसअघि एकल पुरुषले भोग्नु परिरहेको समस्याका बारेमा अध्ययन गरेको थियो ।

समाजमा एकल पुरुषको अवस्था पनि दयनीय भएकाले उनीहरुको अवस्थामा सुधार र जीवनयापनमा सहज बनाउन विदुर भत्ता दिने निष्कर्षमा पुगेको गाउँपालिकाको सामाजिक शाखाले जनाएको छ।

पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने वित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ।

जसले उनीहरु बिचल्लीमा परेको देखिन्छ। अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका छन्। एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको गाउँपालिकाले जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!