१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

दाङमा जुवाडेहरुको सुचना संकलन भइरहेको छ जुवा संचालन गर्नेहरु धमाधम पक्राउ पर्छन एसपी:काफ्ले

Logo
प्रकाशित बिहिबार, कार्तिक १८, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दाङमा जुवा-तासको खाल लुकिछिपी संचालन भइरहेको बारे दाङ प्रहरीले सुचना संकलन गरिरहेको बताउनु भएको छ । उहाँले सुचना संकलन भइरहेको जुवा-तासको खाल संचालन गर्ने ब्यक्तिहरु पक्राउ पर्ने बताउनुभयो ।

‘जुवा-तासको खाल संचालन गर्नु अपराध हो,केही ठाउँमा छापा हानी सकेको छौ । दाङमा कहाँ-कुन ठाउँमा जुवा-तासको खाल संचालन भइरहेको छ भन्ने बारे हामीलाई सुचना दिनुहोस्, प्रहरीले तुरुन्तै कारबाही गर्छ, हामी हाम्रो तर्फबाट सतर्क भएर चुस्त रुपमा लागिरहेका छौँ, सचेत नागरिकसंग पनि सुचनाको अपेक्षा गर्छौँ, कतै गलत भइरहेको छ। भने हामीलाई सम्पर्क गर्नुहोस् ।’उहाँले अहिले जुवाडेहरु धेरै चलाख भइसकेको, सानो समुह बनाएर बिभिन्न हतकण्डा अपनाएर जुवा-तास खेल्ने गरेकाले प्रहरी समक्ष सुचना आउन नसकेकाले कहीँ-कतै लुकिछिपी त्यस्ता गतिबिधी भएका छन भने प्रहरीलाई सहयोग गर्न नागरिकहरुलाई दाङ प्रहरी प्रमुख एसपी काफ्लेले आग्रह गर्नुभयो ।

एसपी काफ्ले जुवा-तासको केसमा प्रहरीलाई समेत बिबादमा ल्याउने धेरै जुवाडेहरुको प्रयास हुने भएकाले पुख्ता-तथ्यगत सुचना संकल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीलाई सहयोग र साथ दिनुहोस्, तँपाइको छेउँ-छाउँमा कहीँ कतै कुनै अपराधिक प्रवृत्ति बढी रहेको छ वा त्यस्ता मनोवृत्तिका मानिसहरु देख्नुहुन्छ भने प्रहरीलाई संपर्क गर्नुहोस्, सिधै मलाई संपर्क गर्नुहोस् ।’
उहाँले नागरिक पनि आफैमा प्रहरी हुने गरेकाले नागरिक-प्रहरी साझेदारी गर्दै अपराध निर्मुल गर्ने दिशामा हात मिलाएर अगाडि बढ्नुपर्नेमा दाङ प्रहरी प्रमुख एसपी काफ्लेले जोड दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!