१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बाँकेको कोहलपुरमा एम्बुलेन्सको ठक्कर बाट १ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, कार्तिक १८, २०७८

ABC (क्राईमबिट)
बाँके कोहलपुर सडक खण्डको कोहलपुर बाबानगर नजिकै एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट शनिबार राती एक युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

लायन्स क्लब अफ नेपालगञ्जको भे १ च ५८६ नम्बरको एम्बुलेन्सले युवकलाई ठक्कर दिएपछि भागेको थियो ।

आफै ठक्कर दिएर घाइते बनाएको व्यक्तिलाई उपचारको लागि अस्पताल लैजानुको साटो भाग्ने एम्बुलेन्स र चालकलाई प्रहरीले राती १२ बजे नेपालगञ्जमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लियो ।

सडकमा घाइते फेला परेको खबर पाएलगत्तै पुगेको स्थानीय प्रहरीले अहिलेसम्म नाम ठेगाना नखुलेका पुरुषलाई उद्दार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाएको थियो ।

उपचारकै क्रममा करिब साढे ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र चालकलाई कोहलपुरले प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!