१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बाँके जिल्ला प्रशासनले देउसी भैलो खेल्न राती ८ बजेसम्म मात्र अनुमति दियो

Logo
प्रकाशित शुक्रबार, कार्तिक १९, २०७८

(महेन्द्र सिंह)
बाँके । प्रशासनले तिहारको समयमा देउसी भैलो खेल्नेहरुका लागि समय सिमा निर्धारण गरेको छ । बुधबार जिल्ला प्रशासनले एक बिज्ञप्ती जारी गर्दै देउसी भैलो, नाचगान लगायतका कार्यक्रम गर्न राती ८ बजे सम्म मात्र पाइने उल्लेख गरेको छ । त्यसैगरी, मठ मन्दिर आदिमा भिडभाड नगर्ने, स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर पुजापाठ गर्ने । पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील एवं बिष्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्रीवितरण तथा प्रयोग गर्न नपाइने र मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला झै-झगडा जस्ता कार्य गर्न नपाउने प्रशासनले जनाएको छ । उल्लेखित कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने बाँके प्रशासनको बिज्ञप्तीमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!