(ABC-Sanchar)
ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ। शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
एम्बुलेन्समा चालकसहित सात जना सवार थिए। अरु छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभएको छ।
मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ। रासस