२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गृहमन्त्री खाणले राजीनामा दिने तयारी प्रधानमन्त्री देउवासंग टकराव ?

Logo
प्रकाशित सोमबार, कार्तिक २२, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । यही कात्तिक ९ गते गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा काठमाडौंका एसएसपी अशोक सिंहको काज सरुवा गर्ने निर्णय भयो ।

मन्त्रालयले गरेको सरुवामा सिंहलाई हटाएर एसएसपी सुदीप गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । तर, त्यो निर्णय २४ घण्टा पनि टिकेन । २४ घण्टामै सो निर्णय बदर भयो । गृहमन्त्रीको आदेशमा एसएसपीको सरुवा भए पनि बालुवाटारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले सरुवाको पत्र सार्वजनिक गरेन । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई सरुवाको निर्णय कार्यान्वयन नगर्न भनेपछि सरुवाको पत्र लुकाइएको हो ।

प्रधानमन्त्रीकै पार्टीका नेता हुन् गृहमन्त्री खाँण । पार्टीभित्र देउवाका प्रिय पात्र मानिने खाँणले प्रधानमन्त्रीको सल्लाहबिनै निर्णय गर्न थालेपछि बालुवाटार रुष्ट बनेको बताइन्छ । सुरक्षा निकायको सरुवा–बढुवामा प्रधानमन्त्रीको प्रत्यक्ष चासो रहन्छ ।

कात्तिक दोस्रो साता नेपाल प्रहरीमा आठ डीआईजी र १५ एसएसपी थप्ने गृह मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयले अस्वीकार ग¥यो ।

सिंहदरबारमा बसेको गृह तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको व्यवस्थापन तथा सर्वेक्षण समितिको बैठकमा अर्थ मन्त्रालयले डीआईजी र एसएसपी बढाउन प्रस्ताव गरिएको संख्यामा सहमति दिन नसकिने जनाएको हो ।

डीआईजी र एसएसपीको दरबन्दी बढाउने प्रस्तावमा सामान्य छलफल नै नगरिएकाले अर्थका अधिकारी रुष्ट बनेको बताइएको छ । तर, खासमा सो प्रस्तावमा प्रधानमन्त्री सकारात्मक नभएपछि रोकिएको बताइन्छ ।

यी दुई उदाहरण मात्रै हुन । पछिल्लो समय प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणबीच टकराव बढेको पाइन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू यो कुरा स्वीकार गर्छन् । सशस्त्रको तुलनामा नेपाल प्रहरीमा गृहमन्त्री र बालुवाटारको दबाब बढ्दै गएको पाइन्छ ।

उच्च प्रहरी अधिकारीहरू भन्छन्, “बालुवाटारबाट प्रधानमन्त्रीकै निकटस्थहरूबाट अधिकृतहरूको सरुवाको दबाब आउँछ ।

गृहमन्त्रीबाट बेग्लै कुरा आउँछ । यस्तोमा काम गर्न निकै गाह्रो छ । यसले प्रहरी संगठनको हित गर्दैन । प्रहरी प्रधान कार्यालयबाटै हुने कुरामा पनि कतिपय अवस्थामा गृहबाट ‘नगर्नू’ भनेर दबाब आउने गरेको छ ।”

गृहमन्त्री र बालुवाटारको दोहोरो आदेशका कारण त्यसको असर तल्लो तहसम्म पुगेको छ । एसपीसम्मको सरुवाको अधिकार आईजीपीलाई हुन्छ । तर, सई र इन्स्पेक्टरको सरुवा गर्न पनि प्रहरी प्रधान कार्यालयलाई समस्या परेको छ ।

गृहमन्त्रीकै निर्देशनमा प्रहरीका लेखापालहरूको सरुवा समेत रोकिएको छ । १५ महिना बितिसक्दा पनि प्रहरीका लेखापालहरूको सरुवा हुनसकेको छैन ।
ओके जनता डेस्कबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]