२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पर्सा प्रहरीले स्रोत नखुलेको २० लाख रकमसहित १ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २३, २०७८


(रवि वर्णवाल)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना. ४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा नगद २० लाख रकम फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

मोटरसाइकल चालक बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ नकटुवा निवासी ३१ वर्षीय चन्दन कुमार साहले बोकेको झोलाबाट अवैध रकम बरामद भएपछि साहलाई पक्राउ गरिएको खनालको भनाई छ ।
प्रहरी नायब उपरीक्षक खनालका अनुसार साहविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको छ ।
यता पक्राउ परेका साहलाई प्रहरीले जबरजस्ती फसाउन खोजेको उनका आफन्तले आरोप लगाएका छन् । बैंकको भौचर भरेर ११ लाख रुपैयाँ आईएमईमा जम्मा गराउन जाने क्रममा प्रहरीले रोकेको र प्रहरीसँगै जाने क्रममा जय गढीमाई मनी ट्रान्सफरको काउण्टरमा रहेको ९ लाख मिलाएर २० लाख रकम लिएर प्रहरीले फसाउन खोजेको साहका आफन्तको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]