(महेन्द्र सिंह)
बाँके । सशस्त्र बल जमुनाहा बिओपीका सशस्त्र प्रहरी सहायक निरीक्षक जनकसिंह बुढाको कमान्डमा गएको टोलीले आज बिहान भारतबाट ल्याउँदै गरिएको ठूलो परिमाणमा साइकलका पार्ट्स, मोटर पार्ट्स र १० कार्टुन स्याउ बरामद गरेको जमुनाहा बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिएका छन् ।
सहायक निरीक्षक बुढाको गस्ती टोलीले आज बिहान साढे ११ बजे नेपालगन्ज १५ पिप्रहवा सीमा नाकाबाट तस्करी गरेर नेपालगन्ज ल्याउँदै गरिएको १ लाख ३५ हजार रुपैयाँ बराबरका साइकलका पार्ट्स, मोटर पार्ट्स र स्याउ बरामद गरेको सशस्त्र निरीक्षक बुढाले बताए ।
बरामद गरिएका सबै अवैध सामग्री तथा फलफूललाई आबश्यक कारबाहीका लागि आजै नेपालगन्ज भन्सार कर्यालय बुझाइएको बिओपी प्रमुख बुढाले जानकारी दिएका छन् ।