२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लागू-औषधसहित २ जना युवती पोखराबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २३, २०७८

ABC (क्राईमबिट)
पोखरा । लागू औषधसहित दुई युवतीलाई पक्राउ परेका छन् । लागू औषध बेच्नका लागि बोकेर हिँडिरहेका दुई जना युवतीलाई पोखरा सिमलचौरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सिमलचौरमा शंका लागेर चेकजाँच गर्दा लम्जुङ दोर्दी गाउँपालिका ७ घर भई पोखरा, नयाँ बजार बस्ने प्रेमा गुरुङ र गुल्मीको मालिका –२ घर भई नयाँ बजारमा बस्दै आएकी कोपिला अर्याललाई लागू औषधसहित पक्राउ गरेको हो ।

प्रहरीले अभियुक्तहरूको साथबाट लागू औषध डाईजापाम ७४ एम्पुल, आइबुनर्फिन ७० एम्पुल, फेनारगन ७२ एम्पुल गरी २ सय १६ एम्पुल लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । अभियुक्त प्रेमा र कोपिलालाई लागू औषध मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]