(रवि वर्णवाल)
पर्सा । वीरगञ्जमहानगरपालिका १५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना२९प ६७९० नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १५ भीष्वाका २२ वर्षीय सुरज सहनी र सुजित सहनी रहेका छन्। उनीहरुले १८० सीसीको पल्सर मोटरसाइलक चोरी गर्दैगर्दा अस्पतालका सेक्यूरिटी गार्डले देखेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुमाथि चोरीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता ओमप्रकाश खनालले बताए।