१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरहरुले भारतमा अवार्ड पाए

Logo
प्रकाशित शनिबार, कार्तिक २७, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । भारतको हैदराबादमा भएको इन्डियन पुलिस ट्रेनिङ्ग (आइपीएस) मा नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले अवार्ड पाएका छन् । हैदराबादस्थित सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमीमा भएको ५० हप्ता लामो तालिममा नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरहरुले अर्वाड पाएका हुन् ।

अवार्ड प्राप्त गर्नेमा इन्स्पेक्टरहरु अनिल थापा, किरण राउत र सिमोन धिताल छन् । थापाले आउटडोरमा द बिएसएफ ट्रफि, राउतले द जयपुर कप र धितालले द जयपुर कपको उपाधि पाएका हुन् ।

उक्त तालिमको समापनमा भाग लिन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि हैदराबाद पुगेका थिए । सरदार वल्लभभाइ पटेल पुलिस एकेडेमीमा शुक्रबार बिहान भएको दीक्षान्त समारोहमा भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले उनीहरुलाई अवार्ड प्रदान गरेका हुन् ।

नेपालको तर्फबाट पुरस्कृत प्रहरी निरीक्षकहरु, प्रहरी निरीक्षक सुभाष खतिवडा र होमनाथ रेग्मी सहभागी थिए । हैदराबादस्थित सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमीमा तालिम भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!