२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

साल्ट टेड्रिङ कर्पोरेसनले आगामी माघी सम्म सुपथ मुल्यमा छुट दिने

Logo
प्रकाशित शनिबार, कार्तिक २७, २०७८

(ABC-Sanchar)
दाङ । साल्ट टेड्रिङ कर्पोरेसनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यका पसल आउँदो माघीसम्म सञ्चालन गर्ने भएको छ । कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गरेर गएको असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । तर पछिल्लो निर्णय अनुसार आउँदो माघ २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको र त्यसैअनुसार परिपत्र गरेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताए ।
कम्पनीले काठमाण्डौ उपत्यकासहित उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु सहुलियत दरमा चामल, नुन, चिनी, तेल, गेडागुडीलगायत खाद्यवस्तु बिक्री वितरण गर्दै आएको छ । सहुलियत पसलमा उपभोक्ताले सबैखाले खाद्य वस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट पाउँछन् ।

नुन प्रतिकिलो दुई रुपैयाँ, चामल, दाल, फापर पिठोमा प्रतिकेजी पाँच, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर पाँच तथा भटमासको तेलमा प्रतिलिटरमा १० रुपैयाँ छुट छ । यसैबीच साल्ट टेड्रिङ कर्पोरेसनले दशैँ, तिहार, छठको अवसरमा सुपथ मूल्य पसलमार्फत झण्डै चार करोड रुपैयाँको कारोबार गरेको छ । सरकारी अनुदान लिएर कर्पोरेसनले असोज १ देखि कात्तिक २४ गतेसम्म तीन करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार गरेको हो । यसवर्ष सरकारले चाडपर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि तीन करोड २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]