ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज १५ जमुनाह नाकामा चेकजाँचका क्रममा १ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित कोहलपुर नगरपालिका-१० चट्टार बस्ने १८ वर्षीय सुदिप चौधरी पक्राउ परेका ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज मीनबहादुर बिष्टले जानकारी दिनुभयो ।
चौधरीलाई इप्रका जमुनाह प्रहरी टोलि र लागु औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पेन्टको खल्तीमा लुकाइ नेपाल ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको बताइएको छ । प्रहरीका अनुसार पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको इन्चार्ज बिष्टले जानकारी दिए ।