२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मान्छेले मान्छेलाई बेच्ने कार्य निकै अपराध हो बाँके एसपी श्यामकृष्ण अधिकारी

Logo
प्रकाशित सोमबार, कार्तिक २९, २०७८


ABC (क्राईमबिट)
बाँके । शान्ति पुनर्स्थापना गृह र इप्रका जमुनाहको संयुक्त आयोजनामा नाकामा बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण कार्यक्रम गरिएको शान्ति पुनर्स्थापना गृहका संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले २१ औं सताब्दीमा मानिसले मानिसलाई बेच्ने कार्य निकै निकृष्ट भएको बताउनुभयो । उहाँले सीमा नाकाबाट हुने मानव तस्करी रोक्नका लागि सबै एक ढिक्का भएर लाग्नु पर्ने बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले मानव बेचविखन र ओसारपसार विरुद्धको अभियानलाई सफल पार्न सबैको भूमिका जरुरी रहेको बताउनुभयो । उहाँले सबैले यो मुद्दालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।नेपालगन्जको जमुनाह नाका मानवबेचविखन तथा ओसारपसारका लागि प्रयोग हुँदै आएको छ । तस्कर तथा दलालहरुले विभिन्न प्रलोभनमा पारेर मानव बेचविखन गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]