१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

लुम्बिनी प्रदेशको गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ५ वटा उद्योग कारबाहीमा

Logo
प्रकाशित बिहिबार, मंसिर ०२, २०७८

(ABC-Sanchar)
दाङ । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच वटा सिमेन्ट उद्योग कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले लुम्बिनी प्रदेशको जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारबाही गरेको हो । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको छ ।

सिमेन्टको गुणस्तर परीक्षणका क्रममा तोकेको गुणस्तरअनुसार नरहेको भन्दै विभागले बिक्रीरवितरण रोक्का गरी १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको हो । त्यस्तै युनाइटेड सिमेन्टको ५३ ग्रेडको सङ्कलित ओपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको ब अनुसार नरहेको भन्दै ५३ ग्रेडको सिमेन्ट बिक्री रोक्का गरी त्यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिएको छ ।

साथै जगदम्बा सिमेन्टको पीपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० रहेको र यो नमुना नेपाल गुणस्तर ३८५ अनुसार नरहेको भन्दै विभागले सिमेन्ट बिक्री रोक्का गरी यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिनुका साथै १५ दिनमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!