२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

५८० वर्षपछि लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण कतिबेर सम्म रहन्छ ?

Logo
प्रकाशित शुक्रबार, मंसिर ०३, २०७८

(ABC-Sanchar)
काठमाडौँ । आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्र ग्रहण लाग्दै छ ।

यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । जो दिउँसो करिब साढे १ बजे उच्च बिन्दुमा पुग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ । ५ सय ८० वर्ष यता यति लामो अवधिको चन्द्र ग्रहण लागेको थिएन ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो । अब यति लामो चन्द्र ग्रहण ८ फेब्रुअरी २६६९ मा मा मात्र लाग्नेछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहनेछ । खगोलविद्को दाबी अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो ।

चन्द्र ग्रहण पूर्ण देखिने भन्दा एक हल्का रेखाको रूपमा देखिन सक्छ । आंशिक चन्द्र ग्रहण भएकाले यसको सूतक काल पनि मान्य नहुने धार्मिक मान्यता छ । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ।

धर्मशास्त्रअनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने विश्वास गरिन्छ । विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छाँया पर्छ भन्ने मान्यता रहिआएको छ । त्यसैलाई चन्द्र ग्रहण भनिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]