२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ प्रहरीले ब्राउन सुगरसहित ४ जना पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर ०६, २०७८

ABC (क्राईमबिट)
दाङ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कबाट ८०० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ निवासी २५ वर्षिय धिरज बुढाथोकी र बबई गाउँपालिका ४ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँ डेरा लिइ बस्ने २० वर्षिय प्रख्यात शाह रहेका छन् । त्यस्तै शनिबार साढे ७ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका ६ विद्युत पछाडी घर भई हाल तुलसीपुर ५ स्थित आफ्नो माईती घरमा बस्दै आएका ३१ वर्षिय आमा शसिला श्रेष्ठ र १९ वर्षिय छोरा रोहन श्रेष्ठको साथबाट ७१० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गोप्य सूचनाका आधारमा खटिगएको टोलीले खोजतलास गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको प्रहरीले बताएको छ ।
उनीहरु चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको दाङ प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]